शुक्रबार, फागुन २९, २०८२

प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना गरिएको छ। 

National life

प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन स्वास्थ्य र लैंगिक हिंसाबीचको अन्तरसम्बन्ध’ विषयक राजधानीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो। महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको हो।

क्लिनिकबाट प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ। मञ्च र आइपास नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले प्रजनन स्वास्थ्य अधिकारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन्।

एकद्वार संकट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति प्रतीक्षा नेपालले हिंसाबाट पीडित भएकाका लागि उपचार गर्न केन्द्रको सुरुआत गरिएको बताइन्। हाल ७७ जिल्लाका ९४ स्थानका सरकारी अस्पतालबाट यो सेवा दिइँदै आएको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिपा लामाले प्रजनन स्वास्थ्यसम्बन्धी हिंसालाई पनि लंैगिक हिंसामा राखिनुपर्ने आवश्यकता औंल्याइन्। मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ, आइपासका माधवी वज्राचार्यलगायतले संविधानमा उल्लेख गरिएको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चतता गर्न आवश्यक काम गरिनुपर्नेमा जोड दिए।–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 09, 2022| 11:28 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्