सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको व्यवसायीलाई सुझाव : अर्थतन्त्र संकटमा छ नभन्नू

अर्थमन्त्रीको व्यवसायीलाई सुझाव : अर्थतन्त्र संकटमा छ नभन्नू

उद्योगी, व्यवसायीलाई सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्न अर्थमन्त्री शर्माको आग्रह।
 |  बिहीबार, मंसिर २२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा रहेको अभिव्यक्ति नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उनले उद्योगी, व्यवसायीलाई सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्न सुझाएका छन्। बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

sagarmatha cement

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको र  तरलता तथा बैंक ब्याजदर वृद्धिलगायतको समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको जानकारी दिए।

‘सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण बनाउँदैन। सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै सडक रोज्नु उपयुक्त होइन,’ उनले भने।

व्यवसायीले आफ्नो व्यवसाय छाडेर सडकमा आन्दोलन गर्ने काम गर्नु सुहाउँदो नभएको बताउँदै उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको जानकारी दिए। ‘व्यवसायीले निजी क्षेत्र निराश छ। अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिनुस्,’ उनले भने।

प्रकाशित: Dec 08, 2022| 17:08 बिहीबार, मंसिर २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्