बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकले पायो सेञ्चुरीलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

प्रभु बैंकले पायो सेञ्चुरीलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

राष्ट्र बैंकको स्वीकृतिसँगै बुधबार दुई बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौता भएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको स्वीकृतिसँगै बुधबार दुई बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौता भएको हो। 

National life

सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समिति संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरे। सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो।

दुवै बैंक एकआपसमा गाभिएपछि पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। मर्जरमा जान यी दुवै बैंकले राष्ट्र बैंकबाट २० भदौमा सैद्धान्तिक सहमति पाएका थिए।

दुई बैंकबीच गत १५ साउनमा एकआपसमा गाभिने सहमति भएको थियो। मर्जरपछि बन्ने बैंक सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीका तर्फबाट ३ जना रहनेछन्।

प्रकाशित: Dec 08, 2022| 16:35 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्