शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोली फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलले बताएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९
National life
Shivam cement

काठमाडौं– निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ। बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएपछि कम्पनीले सेवाग्राहीसँग माफी मागेको छ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोली फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलले बताएको छ। कम्पनीले भनेको छ, ‘अप्रत्यासित घटनाले सेवामा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं।’ कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्न महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन सबैलाई अनुरोध गरेको छ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

प्रकाशित: Dec 08, 2022| 15:47 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्