बिहीबार, जेठ २८, २०८३

थप चार मुलुकसँग गरिँदै हवाई सम्झौता

नेपालले पहिलो पटक अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डासँग हवाई सम्झौता प्रक्रिया अगाडि बढाएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले थप चार मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ। नेपालले पहिलो पटक अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डासँग हवाई सम्झौता प्रक्रिया अगाडि बढाएको हो। 

National life

प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला अकास नीति लागू गर्न सुझाइसकेको छ। इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढिसकेको प्राधिकरणले बताएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यसका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिएको हो।

उक्त कार्यक्रममा एटीसी अफिसर मुकेश डंगोलले हालसम्म इन्टर्मिडिएट प्वाइन्टअन्तर्गत दुईतर्फी उडान सम्झौता रहे पनि नेपालले कार्गो उडानमा खुला अकास नीति लागू गर्दै आएको बताए। उनले भने, ‘नेपालले हालसम्म इन्टरमिडिएट प्वाइन्टमार्फत उडान स्वीकृति दिँदै आएको छ। नेपाल–अस्ट्रेलिया उडानका लागि नयाँ दिल्लीबाहेक अरू प्वाइन्टमार्फत दिइएको छ।’

उनले इन्डोनेसियासँगको प्रक्रिया अन्तिम चरणमा रहेको र अस्ट्रेलिया उडान गर्दा इन्डोनेसिया भएर उडान भर्दा थप प्रभावकारी हुने र दुईतर्फी उडानमार्फत नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्ने बताए। रुवान्डासँग हवाई सम्झौताको प्रक्रियासमेत अगाडि बढिसकेको उनले जानकारी दिए। यसअघि अफ्रिकी मुलुक इजिप्टसँग मात्रै नेपालको सम्झौता थियो। 

Shivam cement

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धि गर्न उड्डयन उद्योगमा लगानी गर्न आवश्यक रहेको बताए। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले दुईपक्षीय हवाई सम्झौतामार्फत नेपालको उडान पहुँच विस्तारसँगै मुलुकको आर्थिक क्षमता विस्तार हुने विश्वास व्यक्त गरे। 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेको हवाई नीतिले मुलुकको उड्डयन क्षेत्र उचित रूपमा अगाडि बढ्न नसकेको बताए। नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ।

प्रकाशित: Dec 08, 2022| 12:48 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्