बिहीबार, जेठ २८, २०८३

सेयर बजारमा १६.६१ अंकको गिरावट

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ। 

National life

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ। आजको कारोबारमा ३७ कम्पनीका सेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका सेयर मूल्य घटेका छन्। 

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन्। होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अङ्कले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अङ्कले घटेको छ। 

त्यस्तै व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अङ्कले घटेको छ।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता नौ दशमलव ९९ प्रतिशतले घटेको छ। 

Shivam cement

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक सेयर रु ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता सेयर किनबेच भएको छ। 


प्रकाशित: Dec 07, 2022| 16:28 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्