शुक्रबार, फागुन २९, २०८२

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै हेटौंडा अस्पताल

भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्झौता भएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९/८० भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा प्रत्यारोपण सुरु गर्ने, बागमती प्रदेशअन्तर्गतका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कर्मचारीका तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण कार्य प्रभावकारी बनाउनेलगायतका विषय समेटिएका छन्।

समझदारीपत्रमा प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरे।

प्रकाशित: Dec 07, 2022| 13:00 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्