बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरूमा गत साता मात्रै थपियो साढे ११ अर्ब निक्षेप

वाणिज्य बैंकहरूमा गत साता मात्रै थपियो साढे ११ अर्ब निक्षेप

नेपाल बैंकर्स संघको मंसिरको तथ्यांकअनुसार गत १६ मंसिरसम्म वाणिज्य बैंकहरूको निक्षेप १० अर्बले बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– गत साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ५४ करोड रुपैयाँले बढेको छ। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि बैंकहरूको निक्षेप बढ्न थालेको हो।

National life

चुनावी साता मात्रै बैंकहरूको निक्षेप ३ अर्ब  बढीले बढेको थियो। नेपाल बैंकर्स संघको मंसिरको तथ्यांकअनुसार गत १६ मंसिरसम्म वाणिज्य बैंकहरूको निक्षेप १० अर्बले बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

त्यस्तै, चुनावपछि वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि बढेको देखिएको छ। गत साता वाणिज्य बैंकहरूले १ अर्ब १ करोड रुपैयाँले कर्जा प्रवाह गरेका छन् भने अघिल्लो साता २ अर्ब १९ करोड कर्जा बढेको छ। 

त्यस्तै, १ अर्ब रुपैयाँले कर्जा बढेर गत १६ मंसिरसम्म ४४ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको बैंकर्स संघले जनाएको छ।  विदेशी मुद्राको निक्षेपमा पनि सामान्य वृद्धि आएको छ। कुल ४५ खर्ब ७३ अर्ब रुपैयाँ बैंकहरूसँग निक्षेप छ।

प्रकाशित: Dec 07, 2022| 11:53 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्