शुक्रबार, फागुन २९, २०८२

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ। पालो आएपछि टोकन पाइन्छ। टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ। नाम दर्तापछि टिकट पाइन्छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

रेसुङ्गा - स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ। पालो आएपछि टोकन पाइन्छ। टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ। नाम दर्तापछि टिकट पाइन्छ। टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ। टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ। अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न।

National life

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य हुइन्, गुल्मीको रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा। 'स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ', उनी भन्छिन्, 'बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुपर्‍यो।'बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताए। 

स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा छन्, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य। उनले सुरुआती चरणमा नै स्वास्थ्य बीमा गरेका थिए। बीमाका कारण उनी सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउँछन्। 'आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु', उनी भन्छन्, 'आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?' स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ।

मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित छन्। स्वास्थ्योपचार निःशुल्क हुने आशामा बीमा गरेको भन्दै रायमाझीले बीमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बीमा अझै बढी प्रभावकारी हुने बताए।


Laxmi sunrise bank
kumari

रेसुङ्गा–१४ का एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछन्। उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उनले भनाइ छ। 'केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ', उनी भन्छन्, 'सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ।' नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बीमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उनको भनाइ छ।

अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष २०७६/७७ मा सात हजार आठ सय १७, २०७७/७८ मा ५८ हजार तीन सय ९२ र २०७८/७९ मा ९७ हजार दुई सय ४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिए।

'तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधि मात्र निःशुल्क पाउने हो', उनी भन्छन्, 'पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ।' स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताए। स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ। जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी छन्।


प्रकाशित: Dec 07, 2022| 09:40 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्