बिहीबार, जेठ २८, २०८३

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। 

National life

निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ। २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ। बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

उक्त अवधिमा मागअनुसार आवेदन नपरे पुस ६ गतेसम्म आवेदन दिन समय थप गरिने बताइएको छ। कम्पनीको आईपीओ निष्कासन गर्न इक्रा नेपालले इक्रा एनपी आईआर बी माइनस रेटिङ प्रदान गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कम्पनी ४ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। त्यस्तै उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ४५ पैसा रहेको छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ।

Shivam cement

यो कम्पनीले बाग्लुङ जिल्लामा १.५ मेगावाट क्षमताको रनअफ रिभर ठेउले खोला जलविद्युत् आयोजना निर्माण व्यापारिक उत्पादन गरिरहेको छ।

प्रकाशित: Dec 07, 2022| 07:02 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्