बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन्तलाले बजार नपाएनपछि रुकुम पूर्वका किसान चिन्तित

सुन्तलाले बजार नपाएनपछि रुकुम पूर्वका किसान चिन्तित

सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ। गाउँमा व्यापारीहरू सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

मुसिकोट- रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ। बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उनी सुन्तलाले बजार नपाउँदा भने निराश  भएका छन्। एकातिर बजारसम्मको सहज पहुँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ। समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन। 

National life

नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन्। सुन्तला बिक्रीबाट बर्सेनि दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए। एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए चार लाख आम्दानी हुने उनको हिसाब छ। 

सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेका छन्। उनका बारीमा सुन्तलाका एक हजार बोट छन्। तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन्। उनले सुन्तलाबाट गत वर्ष एक लाख ८० हजार आम्दानी गरेका थिए।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ। वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन्। सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ। गाउँमा व्यापारीहरू सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन्।

सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन। यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन्। 

Shivam cement

गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ। गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए।  -रासस

प्रकाशित: Dec 06, 2022| 18:02 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्