बुधबार, असार १०, २०८३

२२ मंसिरबाट अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औं संस्करण आगामी २२ मंसिरदेखि सुरु हुने भएको छ। भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शनमा सहभागी हुन निर्देशक झा नेपाल आउँदै छन्। फिल्ममा उनको अभिनयसमेत छ। 

National life

झाले फिल्म प्रदर्शनपछि सहभागीसँग अन्तरक्रिया गर्नेछन्। आयोजक संस्था हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ संस्करणको मूल नारा राख्दै महोत्सव आयोजना गर्न लगिएको विज्ञप्तिमा उल्लेख छ। 

जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन्। ‘यस पटक भौतिक रूपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौं। फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा सामूहिक छलफल हँुदै छ’, निर्देशक लिम्बूले भनिन्, ‘किम्फमा ३० मुलुकका ६० भन्दाबढी फिल्म प्रदर्शन गर्दै छौं। राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा २० बढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन्।’

२६ मंसिरसम्म आयोजना हुने महोत्सव सुरुआत ‘बाघको बंगारा’ बाट हुँदै छ। मह सिकारीको कथा पेस गर्ने फिल्म प्रिमियर गर्न पाउँदा उत्साहित रहेको निर्माता विद्या चापागाईंले बताइन्। उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भिरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले पेस गर्छ। गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहिनेतलाई चित्रण गर्छ। 

अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’बाट समापन हुनेछ। जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको भूमिका निर्वाह गर्नेछन्। 

Shivam cement

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन्। महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीन वटा फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई १ लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ। त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’मार्फत ५० हजार पाउनेछ।–रासस

प्रकाशित: Dec 06, 2022| 05:40 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।