बिहीबार, जेठ २८, २०८३

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

म्याग्दी- म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ। गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो। 

National life

धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए।  

रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जंगलको ओसले पनि धान र कोदोको उत्पादन घट्नुको थप कारण भएको उनले बताए। गत वर्ष म्याग्दीमा १३ हजार चार सय ८० मेट्रिक टन धान र तीन हजार चार सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो।

यसपालि तीन हजार दुई सय ५० मेट्रिक टन कोदो र ११ हजार नौ सय २९.३३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले बताए। 

'जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ', उनले भने, 'धान प्रतिहेक्टर ३.४ मेट्रिक टनबाट घटेर ३.१ मेट्रिक टन प्रतिहेक्टर भएको छ। कोदोको उत्पादकत्व प्रतिहेक्टर १.२८ बाट घटेर १.२७ मेट्रिक टन भएको छ।' 

Shivam cement

कृषि प्राविधिकहरूले जिल्लाका विभिन्न स्थानमा धान र कोदोको क्रप कटिङ गरेर उत्पादकत्व पहिचान गरेका थिए। म्याग्दीमा दुई हजार सा सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान खेती हुन्छ। गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ।

लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ। कोदो भने स्थानीय जातको खेती हुने गर्छ।   -रासस

प्रकाशित: Dec 06, 2022| 18:30 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्