बिहीबार, जेठ २८, २०८३

सुपरमादीको आईपीओ खुल्यो

जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको हो।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबारदेखि खुलाएको आईपीओमा ५ पुससम्म आवेदन दिन सकिनेछ।

National life

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ।

कास्कीका विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले आवेदन दिन सक्नेछन्। यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारी गर्नेछ। यसको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकालाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रतिमेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रकाशित: Dec 06, 2022| 12:41 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्