शुक्रबार, फागुन २९, २०८२

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न पत्राचार

केन्द्रले स्थानीय तहलाई पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।केन्द्रले स्थानीय तहलाई पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो।

भौतिक पूर्वाधार विकास कार्यक्रम विद्यालयमा आईसीटी ल्याब तथा पुस्तकालय स्थापनाका लागि कार्यक्रम प्राप्त गर्ने विद्यालय विवरणअनुसार तोकिए बमोजिमको कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरिएको छ।

कार्यक्रमअन्तर्गत दुई कोठे भवन निर्माणका लागि तराईमा साढे २२ लाख, पहाडमा २५ लाख र हिमालमा साढे २७ लाखका दरले रकम दिइँदै आएको छ। यस्तै, चार कोठे भवन निर्माणका लागि तराईमा भए ४५ लाख, पहाडमा ५० लाख र हिमालमा  ५५ लाखका दरले रकम दिने गरिएको छ।

प्रकाशित: Dec 05, 2022| 13:18 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्