शुक्रबार, कात्तिक २८, २०८२

प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज हुने प्रि-क्वाटर फाइनल खेलमा दुई बलिया टोली दक्षिण कोरिया र ब्राजिल भिड्दैछन्।
 |  सोमबार, मंसिर १९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज हुने प्रि-क्वाटर फाइनल खेलमा दुई बलिया टोली दक्षिण कोरिया र ब्राजिल भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समयअनुसार राती १२:४५ बजे ९७४ रंगशालामा सुरु हुनेछ। यो खेलको विजेताले क्रोएसिया र जापानबीचको विजेतासँग सेमिफाइनलका लागि यात्रा तय गर्ने छ।

National life

समूह चरणमा कोरियाले एक हाल, एक जित र एक बराबरीका साथ समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको हो। कोरिया पहिलो खेलमा घानासँग ३-२ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि खेलेको दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल्यो र अन्तिम खेलमा भने बलियो टोली पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गरेर नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपश्चात् अपराजित ब्राजिलले विश्वकपमा पनि शानदार सुरुवात गर्‍यो। पहिलो खेलमा सर्बियालाई २-० र दोस्रो खेलमा स्विटजरल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्‍यो। उसले प्रतियोगितामा आफूलाई बलियो रूपमा प्रस्तुत गर्दै आएको छ। खेल जित्दै र अपराजित यात्राको संख्यालाई बढाउँदै अघि बढेको ब्राजिल एक खेल अघि नै नकआउट चरणमा पुग्यो। त्यसैबीच समूह चरणको अन्तिम खेलमा उसको प्रतिद्वन्द्वी थियो अफ्रिकन टिम क्यामरुन। समूहका सबै खेल जितेर नकआउटमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल अप्रत्याशित रूपमा क्यामरुनसँग १-० गोलअन्तरले पराजित भयो। यो पराजय बाबजुद पनि ब्राजिल ग्रुप लिडरका रूपमा अन्तिम १६ मा पुग्यो।

ब्राजिलको टिम, खेल्ने शैली तथा खेलाडीलाई हेर्दा ब्राजिल सामान्य अर्थमै भन्दा उपाधि दाबेदार टिम हो। ब्राजिललाई आफ्ना मुख्य खेलाडी घाइते हुने क्रम बढेसँगै धक्क पनि लाग्दै छ। विश्वकपको पहिलो खेलमै सर्बियासँगको खेलमा मुख्य खेलाडी नेइमारले खुट्टामा चोट लाग्दा अनिश्चित रूपमा दुई खेल गुमाइसकेका छन् र उनले अब कहिले कमब्याक गर्छ त्यसको टुंगो छैन। 

त्यस्तै समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दा अर्का दुई जना खेलाडी घाइते हुँदै बाँकी प्रतियोगिता गुमाउने निश्चित भयो। फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेस सो खेलमा घाइते भएका थिए। जसले गर्दा छैटौं विश्वकप जित्ने ब्राजिलको सपनामा केही धक्क त पक्कै पनि लाग्यो नै। तर भनिन्छ ब्राजिलको टिममा सबै राम्रा खेलाडी छन् र केही खेलाडीको अनुपस्थितिमा पनि टिमले खेलको गुणस्तरलाई घट्न दिँदैनन्। अब यो कुराले कतिको मेल खान्छ त्यो त हेर्नै बाँकी छ। यसै कुरालाई जोड्दै ब्राजिलका डिफेन्डर मार्क्युनस टिममा केही खेलाडी चोटग्रस्त हुँदा आफ्नो टिमको खेल गुणस्तर नघट्ने बताउँछन्। 

Laxmi sunrise bank
kumari

मिडियासँग कुरा गर्दै उनी भन्छन्, 'हाम्रो टिममा सुरुवातदेखि अहिलेसम्म खेलाडी घाइते हुने क्रम जारी नै रह्यो। यो कुराले हामी सबैलाई दुःखी बनाएको छ। तर खेलको कुरा गर्ने हो भने हाम्रो टिममा धेरै राम्रा खेलाडी छन्। उनीहरूले घाइते भएर टिमबाहिर भएका खेलाडीको स्थान राम्ररी निभाउन सक्छन्। त्यसैले मलाई लाग्दैन की केही खेलाडीको अनुपस्थितिले हाम्रो टिमको खेल गुणस्तरमा कमी आउँछ।ʼ

ब्राजिलको कुरा गरिरहँदा यो धेरै बलियो टिम हो। तर कोरिया पनि कमजोर टिम भने होइन। कोरियाले सन् २०१८ को विश्वकपको समूह चरण पार गर्न नसके पनि तत्कालीन साबिक विजेता जर्मनीलाई शानदार रूपमा पराजित गरेर दुवै टोली घर फर्किएका थिए। त्यस समयदेखिनै उच्च लयमा देखिएको कोरिया यसपटक अझ बलियो टोलिको रूपमा देखिएको छ। कोरियाको काउन्टर अट्याक रोक्न ब्राजिललाई पनि गाह्रो हुन सक्छ। किनकि कोरिया अहिले उत्कृष्ट काउन्टर अट्याकिङ खेल्ने टिममा पर्छ। उसले समूह चरणको अन्तिम खेलमा पोर्चुगलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेर नटआउटमा पुग्यो। त्यस्तै उसले अर्को बलियो टोली उरुग्वेलाई पनि बराबरीमा रोकेको थियो। उसका अधिकांश खेलाडी अहिले युरोपियन लिगमा खेल्ने गर्छन्। जसले गर्दा कोरियाको टिम धेरै मजबुत भइसकेको छ।

कोरियन टिमका कप्तान सन आफैँमा प्रिमियर लिगका उत्कृष्ट खेलाडी हुन्। टोटेनहमबाट खेल्ने सनले प्रिमिमयर लिगमा गोल्डेन बुट जितिसकेका छन्। यो कुनै पनि एसियन खेलाडीले हात पारेको सबैभन्दा ठुलो उपलब्धि हो। ठूला टिमलाई पराजित गर्दै चमत्कार गर्दै आएको कोरियन टिमका कप्तान सन ब्राजिलविरुद्ध पनि आफ्नो टिमले चमत्कार गर्न सक्ने बताएका छन्।

म्याचको प्रेस कन्फ्रेन्सको क्रममा मिडियासँग कुरा गर्दै उनले भने, ʻहामी धेरै संघर्ष गरेर नकआउट चरणमा आइपुगेका छौं। समूह चरणमा कुनै खेलमा हामीले सोचे अनुसारको प्रदर्शन गर्न सकेनौं भने कुनैमा सोचेको भन्दा धेरै राम्रो गर्यौं। पछिल्ला दुई खेलमा हामीले चमत्कारिक नतिजा ल्यायौं। जसले गर्दा हामी नकआउटमा आइपुग्यौं। ब्राजिल धेरै बलियो टिम र उसको विरुद्ध मैदानमा खेल्न हामीलाई मात्रै नभई कुनै पनि टिमलाई सहज हुने छैन। तर हामी पनि अहिले राम्रो लयमा खेलिरहेका छौं। हामी यसलाई निरन्तरता दिने लक्ष्यमा हुनेछौं। हामीले जसरी ठूला टिमविरुद्ध चमत्कारिक खेल खेलेर राम्रो नतिजा ल्याएका छौ, ब्राजिलविरुद्ध पनि त्यस्तै नतिजा आउन सक्नेछ।ʼ

हेड टु हेडः यी दुई टोली अहिलेसम्म सातपटक आमुन्नेसामुन्ने भइसकेका छन्। ती सात खेललाई हेर्दा ब्राजिल कोरिया विरुद्ध पूर्णरुपमा हाबी देखिन्छ। खेलेका सात खेल मध्ये ब्राजिलले छ खेल जित्दा कोरियाले मात्रै एक खेल जितेको छ। 

अन्तिम पटक यी दुई टिम यही वर्षको समरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा खेलेका थिए। उक्त खेल ब्राजिलले ५-१ को फराकिलो गोलअन्तरले जितेको थियो। तर यी दुई टोलीले अहिलेसम्म विश्वकपमा प्रतिस्पर्धा गरेका छैनन्। त्यसैले यीदुईबीचको यो विश्वकपको पहिलो खेल हो।

ब्राजिलको सम्भावित ११

एलिसन बेकर, थियागो सिल्भा, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, रिचार्लिसन, भिनीसियस जुनिअर, एन्टोनी।

दक्षिण कोरियाको सम्भावित ११

किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन,  लि काङ इन, सन ह्युङ मिन, ह्वाङ ही चान, ना साङ हो, ह्वाङ यी जो, चो ग्वी सुङ।

प्रकाशित: Dec 05, 2022| 09:35 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।