शुक्रबार, फागुन २९, २०८२

कृषि वन विश्वविद्यालयका पदाधिकारी हराएको सूचना !

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन्। आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

चितवन– चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन्। आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन्।

National life

विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै सूचना टाँस गरेको हो। विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले भरतपुरको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचनासहितको पोष्टर टाँस गरेका हुन्।

विश्वविद्यालयका पदाधिकारीले आफूहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर विरोध गरेका विद्यार्थीले सातौं दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए। त्यसपछि पदाधिकारी सम्पर्कमा नआएको भन्दै आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु ९छैटौं०ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: Dec 04, 2022| 19:00 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्