मंगलबार, भदौ १०, २०८२

४३ हजार टन मल मौज्दात, केही टन भित्रिँदै

हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
 |  आइतबार, मंसिर १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं-  हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले केही परिमाणमा मल नेपाल भित्रने क्रममा रहेको पनि जानकारी दिएको छ।

हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार नौ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात छ। मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार चार सय ४९ मेट्रिक टन मौज्दात छ। जसमा १५ हजार एक सय ७९ मेट्रिक टन युरिया, १८ हजार चार सय ३२ मेट्रिक टन डिएपी र एक हजार आठ सय ३७ मेट्रिक टन पोटास छ। 

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार पाँच सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार पाँच सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दात छ। चालु आर्थिक वर्ष २०७९-८० का लागि मल खरिद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ। 

प्रकाशित: Dec 04, 2022| 18:25 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्