शुक्रबार, फागुन २९, २०८२

हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या कति?

८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।

National life

यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन्।

पछिल्लो समय कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

प्रकाशित: Dec 03, 2022| 17:15 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्