सोमबार, वैशाख २८, २०८३

कलिलो उमेरमै विदेश जाने विद्यार्थीमा मानसिक समस्या

मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

चितवन- विगत १८ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रूपमा कार्यरत चितवनका डा. घनश्याम चापागाईं कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन्।

National life

नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा २–२ वर्ष मनोरोग विशेषज्ञको रूपमा काम गरेर अस्ट्रेलिया पुगेका चापागाईं अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन्। त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन्।

आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये ३ जना हाराहारी नेपाली हुने गरेको उनले बताए। जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन्।

उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, ‘कोही कडा खालको मानसिक रोग लिएर आउँछन्।’

वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेका उनको भनाइ छ। उनले भने, ‘आफ्ना छोराछोरीलाई विदेश पठाउनुअघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ।’

१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अस्ट्रेलिया पठाउन उनले अनुरोध गरे। आफ्नोमा उपचारका लागि आउने एकतिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा. चापागाईं बताउँछन्।

उनी भन्छन्, ‘अभिभावकले बुझ्नु पर्‍यो, कलेजको शुल्क पनि तिर्नुपर्‍यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपर्‍यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ।’ कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए।  -रासस

प्रकाशित: Dec 03, 2022| 20:30 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्