शुक्रबार, फागुन २९, २०८२

गण्डकी प्रदेशलाई अनुसन्धान केन्द्र बनाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने मन्त्री पौडेलको धारणा।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विशिष्टीकृत अनुसन्धान केन्द्रको (पर्वतीय हरित अर्थतन्त्र)सम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

National life

उनले भने, ‘गण्डकी प्रदेश भन्नेबित्तिकै सम्भावना धेरै भएको ठाउँ हो। गण्डकीलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ। तपाईंहरु अनुसन्धान तथा अन्वेषणका लागि तयार हुनुहोस्।’

उनले उत्पादित जनशक्तिले जनताको भावनालाई जोडेर अगाडि बढ्दा प्रतिफल आउने बताए। विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै ९० दिनसम्म इन्टन्सिपको व्यवस्था बजेटमा गरिएको उनले उल्लेख गरे। 

उनले १४० विद्यालयमा गत वर्र्ष र यस वर्ष १०० विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताउँदै अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याए। शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने बताउँदै नास्टलाई परिणाम आउने गरी काम गर्न उनको निर्देशन छ। 

नास्टले सातै प्रदेशमा स्थापना गर्न लागेको पर्वतीय हरित अर्थतन्त्रसम्बन्धी कार्यक्रमको शाखा कार्यालय लुम्बिनी विश्वविद्याल, कृषि वन तथा विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमा स्थापना गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 03, 2022| 14:20 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्