बिहीबार, जेठ २८, २०८३

निर्माण सामग्रीमा लाग्दै आएको नगद मार्जिन हट्यो

निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुलाई मार्जिन लाग्ने सूचीबाट हटाइएको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्र बैंकले निर्माण सामग्रीमा लाग्दै आएको शतप्रतिशत मार्जिन हटाएको छ। निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुलाई मार्जिन लाग्ने सूचीबाट हटाइएको राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बताएको हो।

राष्ट्र बैंकले निर्देशन जारी गर्दै शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुका आयातकर्ताले अब सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्दैन। यस्तै, सर्जिकल उपकरण र सार्वजनिक खरिद कानुन लागू हुने निकायले बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपूर्ति प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक पर्ने छैन। बैंकहरुलाई सामान भित्र्याएर बिक्री भएपछि भुक्तानी गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

प्रकाशित: Dec 03, 2022| 13:45 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्