बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खुल्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन

खुल्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन

मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणका लागि आवेदन दिन आग्रह गरेको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९
National life
Shivam cement

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण खुलाएको छ। मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणका लागि आवेदन दिन आग्रह गरेको हो। 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था पुस मसान्तभित्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ। मन्त्रालयले गत वर्ष २१६ स्वास्थ्य संस्थाको नवीकरण गरेको थियो। स्वास्थ्य संस्थाले नवीकरणका लागि निवेदन दिँदा  वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ हजार  दस्तुर बुझाउनुपर्नेछ। 

त्यस्तै, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, स्वास्थ्य मन्त्रालय वा अन्तर्गत संस्था सञ्चालन अनुमतिपत्रको प्रमाणपत्र र त्यसको नवीकरणको प्रतिलिपि तथा नाम, स्वामित्व र ठेगाना परिवर्तन भएको भए त्यसको प्रतिलिपि पेस गर्न मन्त्रालयले सूचित गरेको छ।

प्रकाशित: Dec 03, 2022| 11:03 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्