बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहोर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे।
 |  शनिबार, मंसिर १७, २०७९

रासस

रासस

शनिबार, मंसिर १७, २०७९

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहोर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे। 

triton college

फोहोर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्‍यो। अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो तर अब भने त्यो समस्या हटेर गएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएपछि भने त्यो समस्या अन्त्य भएको छ। 

अब अस्पतालजन्य फोहोर त्यही केन्द्रमा पठाउने र सङ्क्रमणयुक्त फोहोरलाई सङ्क्रमणमुक्त बनाइने छ। गल्ने, नगल्ने फोहोरलाई छुट्टै राखिनेछ। अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालका अनुसार सङ्क्रमण मुक्त बनाइएका ती फोहोरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ।

‘पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने पनि गरिएको अवस्था थियो’, उनले भने, ‘तर, अब सङ्क्रमणमुक्त बनाएपछि नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन हुनेछ, यसले अस्पतालको फोहोर व्यवस्थापनमा सहज भएको छ।’ 

अस्पतालमा फोहोरलाई सङ्क्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ। ती मेसिनबाट फोहोरलाई सङ्क्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहनगरपालिकालाई जिम्मा लगाइन्छ। युएनडिपी र चाइन एडले उक्त केन्द्र स्थापना गरेका हुन्। 

corrent noodles
Metro Mart

दुई करोड ५० लाख लागतमा उक्त केन्द्र स्थापना गरिएको हो। घरमा हुने फोहोर र अस्पतालमा हुने फोहोरमा निक्कै फरक हुने भन्दै यसलाई व्यवस्थापन गर्न आफूहरुले भवन निर्माण गरेको युएनडिपीका आयोजना प्रवन्धक राजेश मिश्रले बताए। 

अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित विभिन्न छ अस्पतालमा यस्ता सरसफाइ केन्द्र स्थापना गरिएको हो। एक वर्षदेखि निर्माण थालिएको उक्त कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ।

यहाँ जोडिएका मेसिन उच्च गुणस्तरको भएको समेत मिश्रले दाबी गरे। यो मेसिन जडानका लागि चीनबाट प्राविधिक आएका थिए। साथै त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनका लागि तीन दिने तालिमसमेत प्रदान गरिएको छ।

प्रकाशित: Dec 03, 2022| 09:30 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।