बिहीबार, वैशाख २०, २०८१

श्रीलंकाले २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२३ मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको त्यहाँका पर्यटनमन्त्रीले बताएका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

श्रीलंकाले सन् २०२३ मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको त्यहाँका पर्यटनमन्त्रीले बताएका छन्।

triton college

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उनले थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताएका छन् ।

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो। तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारणले  पर्यटन व्यवसायमा झड्का लागेको छ। श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ।

श्रीलङ्काको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएको छ। तर श्रीलङ्कामा  भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ।

प्रकाशित: Dec 02, 2022| 19:07 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।