शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारविरुद्ध आन्दोलनमा उत्रियो नाडा, गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित

सरकारविरुद्ध आन्दोलनमा उत्रियो नाडा, गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले ८ महिनादेखि सवारीसाधनमा गरिएको आयात बन्दले व्यवसाय चौपट भएको भन्दै आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– अटो व्यवसायीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले पत्रकार सम्मेलन गरी ८ महिनादेखि सवारीसाधन खरिदमा गरिएको आयात बन्दले व्यवसाय चौपट भएको भन्दै आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। 

National life

हाल सरकारले कार, जिप, भ्यान आयातमा रोक लगाएको छ। त्यस्तै, अन्य सवारीसाधन आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्मको नगद मार्जिन राखिएको छ। 

नाडाले पहिलो पाँच दिन शान्तिपूर्ण आन्दोलन गरिने जनाएको छ। आन्दोलनका क्रममा कालो ब्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा २२ मंसिरमा ११–२ बजेसम्म शान्तिपूर्ण ¥यालीसहित धर्ना कार्यक्रम गर्ने जनाएको छ। 

यति गर्दा पनि सरकारले माग सुनुवाइ नगरे आन्दोलनको अर्को चरणमा जाने पत्रकार सम्मेलनमा नाडा अध्यक्ष ध्रुव थापाले बताए। गत वैशाखदेखि प्रतिबन्धित कार, जिप भ्यानलगायत १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने नाडाको माग छ।

नाडा अध्यक्ष थापाले सरकारले व्यवसायीमाथि गरेको व्यवहारका कारण अटो व्यवसायी व्यवसायबाटै पलायन हुन पुगेको बताए। ८ महिनामा ५८ वटा अटो डिलर, सोरुम बन्द हुन पुगेको र प्रत्यक्ष/परोक्ष रुपमा ३० हजार व्यवसायी, कर्मचारी प्रभावित भएको नाडाको भनाइ छ। थप १०० अटोमोबाइल्स डिलर बन्द हुने क्रममा रहेको नाडाले जानकारी दिएको छ।

Shivam cement

प्रकाशित: Dec 02, 2022| 15:14 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्