शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकले थालनी गर्‍यो ‘डिजिटल सुदूरपश्चिम’ अभियान

सिभिल बैंकले थालनी गर्‍यो ‘डिजिटल सुदूरपश्चिम’ अभियान

सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गर्दै सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गर्दै सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।

National life

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मतसम्म, टेम्पो सवारी देखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी थिइन्।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गर्‍यौं त्यसरी नै डिजिटल इको सिस्टमको विकास गरेर यसरी भुक्तानी गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने उनले बताए।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुसम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ।

Shivam cement

प्रकाशित: Dec 02, 2022| 15:09 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्