बुधबार, असार १०, २०८३

काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काभ्रे– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो।

National life

जिल्लामा १ लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए भने ३ लाख १० हजार ६३ मतदाता रहेका थिए। जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए। क्षेत्र १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७२२ मत बदर भएको छ।

क्षेत्र १ प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ १ हजार ५८४, प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ १ हजार ४६३ तथा प्रदेशसभा (क) र (ख) मा समानुपातिकतर्फ ४ हजार ८७२ मत बदर भएका थिए। क्षेत्र २ मा प्रत्यक्षतर्फ ३ हजार ८३७, समानुपातिकतर्फ ३ हजार ९१३ तथा क्षेत्र २ (क) मा प्रत्यक्षतर्फ १ हजार ४५१, क्षेत्र २ (ख) मा १ हजार ७५१ तथा समानुपातिकतर्फ ५ हजार ४२६ मत बदर भएका थिए।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मत परिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ।प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो। धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन्।–रासस

प्रकाशित: Dec 02, 2022| 17:20 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...