शुक्रबार, जेठ २९, २०८३

१४ वटा मर्चेन्टसँग सानिमा बैंकको छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ।

National life

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने जनाइएको छ। 

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रालि, द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टि भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसंग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। 


प्रकाशित: Dec 02, 2022| 15:05 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्