शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य प्रतितोला ९९ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमडौं- नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।

National life

बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ। त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: Dec 02, 2022| 12:10 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्