शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित

क्यालिब्रेसन उडानका कारण विमानस्थलबाट उडान, अवतरण प्रभावित भएको हो।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ। क्यालिब्रेसन उडानका कारण विमानस्थलबाट उडान, अवतरण प्रभावित भएको हो।

National life

नागरिक उड्डयन प्राधिकरणले बिहीबार ११ बजेदेखि क्यालिब्रेसन उडान सञ्चालन गरेको थियो। मध्यान्ह १ बजे क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ। 

क्यालिब्रेसनका कारण आधा घन्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उडान अवधिभर विमानस्थल प्रभावित भएको थियो। 

थाइल्यान्डको एरो थाई कम्पनीको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको छ। क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे/नगरेको परीक्षण गर्छ। बिहीबार अन्तर्राष्ट्रियतर्फ ७९ र आन्तरिकतर्फ २९६ वटा उडान र अवतरण हुने तालिका थियो।

प्रकाशित: Dec 01, 2022| 17:30 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्