शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुगा सिलाउन हिँडेकी 'म्यादी' मृत भेटिइन्, सशस्त्रका जवानतर्फ मोडियो अनुसन्धान

Siddartha premir insuranceSiddartha premir insurance

लुगा सिलाउन हिँडेकी 'म्यादी' मृत भेटिइन्, सशस्त्रका जवानतर्फ मोडियो अनुसन्धान

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया मायाको शव घाँटी रेटिएको अवस्थामा बुधबार बेलुकी शिवनाथ गाउँपालिका ६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो।
 |  बिहीबार, मंसिर १५, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- बैतडीमा घाँटी रेटिएको अवस्थामा बुधबार एक किशोरी मृत फेला परिन्। मृत फेला पर्नेमा २१ वर्षीया माया लुहार रहेकी छन्। उनीसँगै अर्की बालिका १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परिन्। उनको पनि घाटीमा गहिरो चोट छ।

triton college

मृतक माया भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी रहेको खुलेको छ। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिकाले सशस्त्र प्रहरी जवान भरत कोलीको हत्या संलग्नता रहेको बयान दिएको  जनाएको छ।

घाइते बालिकाको उद्धार गरेर उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए। उनले घाइते बालिकाले दिएको बयानका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन्।

बैतडीको  पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया मायाको शव घाँटी रेटिएको अवस्थामा बुधबार बेलुकी शिवनाथ गाउँपालिका ६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो।

उनी भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिएकी थिइन्। 

Metro Mart
vianet

उनको हत्यामा संलग्न रहेको आशंका गरिएका सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका ४ का भरत कोली बिदामा घर आएका थिए। मायासँग कोलीको राम्रै चिनजान रहेको बताइएको छ। 

म्यादी प्रहरीको समय सकिएपछि घर फर्किने बेला मृतक मायाको फोन भरतले खोसेर आफूसँगै राखेको खुल्न आएको छ। 

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन भन्दै माया १५ वर्षीया नेहाका साथ गएकी थिइन्। सो क्रममा माया फोन लिन र कोलीसँग शिवनाथ गएको बुझिएको छ। मृतक माया लोहारको शव फेला परेको स्थानमा मंगलबार राति आगोसमेत बालेको पाइएको स्थानीय पत्रकार बिरा गडालले बताए।

मंगलबार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेका युवती घर नफर्केपछि बुधबार आफन्तले प्रहरीमा खबर गरेर खोजी गर्दै जाँदा बेलुकी ४:१५ बजे मायालाई मृत अवस्थामा फेला पारिएको खबर प्राप्त भएको उनले बताए। नेहा भने घाइते अवस्थामा भेटिएकी थिइन्। 

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पनि यो घटनाले आफूहरू स्तब्ध भएको बताएका छन्। 'घाइतेले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ।  सशस्त्रका एक जवान फरार रहेको भन्ने खबर प्राप्त भएको छ। हामीले सबैतिर सूचना जारी गरेर उहाँको खोजीकार्य थालेका छौं। उहाँ सम्पर्कविहीन हुनुहुन्छ। अनुसन्धानकै क्रममा रहेकाले अहिले नै केही भन्न सकिने अवस्था छैन,' उनले भने।

आरोपित सशस्त्र जवान पोखरामा कार्यरत रहेको र बिदामा घर आएको खबर प्राप्त भएको स्रोतले जनाएको छ।

मायाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै कुरा बोल्न नसक्ने प्रहरीले जनाएको छ।

उता पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले दोषीलाई तत्काल पक्राउ गरेर कडाभन्दा कडा सजायको माग गरेका छन्।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख शाही आफैँ घटनास्थलमा खटिएका छन्। अनुसन्धानका लागि पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका लगायत मुख्य सडकमा प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ।

प्रकाशित: Dec 01, 2022| 10:05 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।