शुक्रबार, जेठ २९, २०८३

झोलुंगे पुलले छोटियो दूरी

मादी नदीमाथि पुल नहुँदा हिँडेर १ घन्टा लाग्ने दूरी अहिले पुल बनेपछि १० मिनेटमा आउजाउ गर्न सकिन्छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९
National life
Shivam cement

तनहुँ– मादी नदीको दायाँबायाँ व्यास नगरपालिकाका दुई वडा पर्छन्। वारि व्यास–१० को परेवाडाँडा र पारि व्यास–५ को चिन्तुटार। दुवै वडाको बीचमा मादी नदी बग्छ। मादी नदीमाथि पुल नहुँदा हिँडेर १ घन्टा लाग्ने दूरी अहिले पुल बनेपछि १० मिनेटमा आउजाउ गर्न सकिन्छ। 

दैनिक दुई वडाका बासिन्दाको आउजाउ सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए। आर्थिक वर्ष २०७६÷७७ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो। एन टाइपको सस्पेन्सन किसिमको करिब २८२ मिटर लामो झोलुंगे पुल निर्माणपछि त्यस क्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ।

गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो। २ करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए। पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडालगायतका करिब १० हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए। पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिए।–रासस

प्रकाशित: Nov 30, 2022| 16:17 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्