सोमबार, वैशाख २८, २०८३

शिक्षक सरुवामा रोक

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको स्थायी शिक्षक पदस्थापनामा असर पर्न गए त्यसको जिम्मेवार सम्बन्धित इकाइ र पालिका हुनुपर्ने।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

National life

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ तथा सबै स्थानीय तहलाई शिक्षक सरुवा नगर्न निर्देशन दिएको छ।

खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेकाले तत्काल शिक्षक सरुवा नगर्न र सरुवा सहमतिसमेत नदिन केन्द्रले निर्देशन दिएको हो।

विज्ञापनका लागि माग गरी पठाइएको उक्त रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्ति गरी शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको स्थायी शिक्षक पदस्थापनामा असर पर्न गए त्यसको जिम्मेवार सम्बन्धित इकाइ र पालिका हुनुपर्ने केन्द्रले सचेत गराएको छ।

प्रकाशित: Nov 30, 2022| 13:59 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्