शुक्रबार, जेठ २९, २०८३

भारतले हटायो चामल निर्यातको प्रतिबन्ध

भारतको विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) ले सूचना जारी गरेर चामल निर्यात प्रतिबन्ध फुकुवा भएको जनाएको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९
National life
Shivam cement

काठमाडौं– भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। भारतले तीन महिनापछि चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। भारतको विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) ले सूचना जारी गरेर चामल निर्यात प्रतिबन्ध फुकुवा भएको जनाएको हो।  

भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बाली याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैरबासमती चामललगायत अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

वैदेशिक व्यापार नियमन एवं प्रवद्र्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैरबासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो।–एजेन्सी

प्रकाशित: Nov 30, 2022| 13:06 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्