शुक्रबार, जेठ २९, २०८३

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

National life

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ। यसअघि मं‌गलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० कायम गरिएको छ।

प्रकाशित: Nov 30, 2022| 12:09 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्