शुक्रबार, फागुन २९, २०८२

जाडोमा बदाम खानुका फाइदै फाइदा

बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- जाडो मौसममा खानपिनका लागि धेरै चीजहरु उपलब्ध हुन्छन्। स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने भए पनि यी मध्ये केही चीजहरु हेर्दा निकै सामान्य लाग्छन्।

National life

बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ। 

तौल घटाउन, राम्रो पाचन स्वास्थ्य र भिटामिन डीका लागि बदामको सेवन स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ। डाइटिसियनका अनुसार बदामको सेवनबाट प्रोटिन, भिटामिन, मिनरल्स र हेल्दी फ्याट प्राप्त गर्न सकिन्छ।

यसमा फाइबर पनि राम्रो मात्रामा पाइन्छ, त्यसैले यसको सेवन गर्नु पेटका लागि पनि फाइदाजनक हुन्छ। यसले भोकलाई नियन्त्रण गर्छ र लामो समयको लागि तपाईंलाई पूर्ण महसुस गराउन सक्छ।

बदाममा फाइबरको मात्रा उच्च हुन्छ। जसले पाचन प्रणालीलाई राम्रो बनाउन मद्दत गर्छ। कब्जियत रोक्न र पेटको माइक्रोबायोम सुधार गर्न बदामको सेवन विशेष गरी लाभदायक हुन सक्छ। यसबाहेक बदाम शरीरकोभित्रको गर्मी कम गर्न पनि सहयोगी हुन्छ, जसले दीर्घकालीन रोगको जोखिमलाई कम गर्न सक्छ।

Laxmi sunrise bank
kumari

मुटुरोगको जोखिम कम गर्न पनि बदामको सेवन लाभदायक हुने स्वास्थ्य विज्ञहरु बताउँछन्। बदाममा स्वस्थ फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्ट, तामा र अन्य आवश्यक पोषक तत्व पाइन्छ जसले नसालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले गर्दा मुटुमा पर्ने तनाव कम हुन्छ। त्यसैले मुटुरोगको जोखिम कम गर्न बदाम खानु फाइदाजनक हुन्छ।

मधुमेहका बिरामीले कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा खानु राम्रो हुन्छ। ग्लाइसेमिक इन्डेक्स भनेको रक्तप्रवाहमा खानाहरू बिच्छेदन हुने दर हो। बदाममा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ। त्यसैले यसले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ, बढाउन दिँदैन। स्वास्थ्य विज्ञहरुका अनुसार ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा मधुमेहका रोगीका लागि फाइदाजनक हुन सक्छ।     -अमरउजालाबाट

प्रकाशित: Nov 30, 2022| 06:17 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्