शुक्रबार, जेठ २९, २०८३

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा बढी जरिवाना

बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ।

National life

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्याएपछि जरिवाना तिरेको हो। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था छ। सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ। 

त्यस्तै सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ। 


Shivam cement

प्रकाशित: Nov 29, 2022| 16:44 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्