शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच व्यावसायिक सम्झौता भएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच व्यावसायिक सम्झौता भएको छ। 

National life

दुई कम्पनीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि सम्झौता भएको हो।

सेवा विविधीकरणको यो नयाँ आयामपश्चात् एभरेष्ट बैंक बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ‘ईबीएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवाखरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन्।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभर छरिएर रहेको आफ्नो १२२ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

Shivam cement

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।


प्रकाशित: Nov 29, 2022| 13:54 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्