शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालन

गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालन

लक्ष्मी बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न। ४ स्थित गोला बजारमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- लक्ष्मी बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न। ४ स्थित गोला बजारमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

National life

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक लाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको जनाएको छ।

यस एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।


प्रकाशित: Nov 29, 2022| 13:52 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्