शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- वर्ल्डलिंक  कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ। वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसर पारी ७ ग्राहकलाई टीभी कोसेली दिएको हो।

National life

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएकालाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ। कम्पनीका अनुसार टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन्।

बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन्। सन् २०१७ को मे मा वर्ल्डलिंकले १ लाख ग्राहक बनाएको थियो।यस्तै, बिर्तामोडकी राई वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन्। सन् २०१८ मा वर्ल्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो।

बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन्। सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्रबैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन्। सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्‍याएको हो।

प्रकाशित: Nov 28, 2022| 16:48 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्