शुक्रबार, जेठ २९, २०८३

सामसङ टीभीको विश्वकप अफर

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फिफा विश्वकपको अवसरमा ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर शुरू गरेको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं-  इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फिफा विश्वकपको अवसरमा ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर शुरू गरेको छ।

National life

यो अफर अन्तर्गत सामसङको टीभी खरीद गर्दा ग्राहकले निःशुल्क जडान सुविधा तथा प्रिमियम यूएचडी टीभीको खरीदमा निःशुल्क साउन्डबार सहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी पाउनेछन्।

ग्राहकले सामसङको टीभी खरीदमा शून्य प्रतिशत ब्याजदरमा किस्ताको सुविधा र विभिन्न रेस्टुराँमा विश्वकप प्रतियोगिताका वेला खानेकुरामा छूट सहितको भौचर पनि पाउनेछन्। ३१ डिसेम्बर २०२२ सम्म यो योजना लागू हुने जनाइएको छ।

हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कले यस्तो सुविधा उपलब्ध गराउनेछन्। ग्राहकले पुराना टीभी उत्कृष्ट मूल्य सहित साट्ने एक्सचेन्जको मौका पनि पाउने कम्पनीले जनाएको छ।


प्रकाशित: Nov 28, 2022| 16:45 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्