सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा पाँच अर्ब तीन करोड रूपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्युदाबी भुक्तानी भएको कम्पनीले जनाएको छ।
 |  सोमबार, मंसिर १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं-   नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा पाँच अर्ब तीन करोड रूपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्युदाबी भुक्तानी भएको कम्पनीले जनाएको छ।

sagarmatha cement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरूलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ। यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्यूनतम समयमा मृत्युदाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन्।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्तरूपमा मृत्युदाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ। गत आर्थिक वर्ष २०७८-७९ मा ९९.०७ प्रतिशत मृत्युदाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्युदाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ। सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा जानकारी गराएको छ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी एक खर्ब ४९ अर्ब ७६ करोड रूपैयाँ रहेको छ भने जीवन बीमा कोष एक खर्ब ४२ अर्ब नौ करोड रूपैयाँ र सेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ। कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० वटा बीमालेख जारी गरिएको छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रकाशित: Nov 28, 2022| 16:43 सोमबार, मंसिर १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्