शुक्रबार, जेठ २९, २०८३

२५ मंसिरदेखि वितरण गरिँदै उपत्यकामा मेलम्चीको पानी

सुन्दरीजलमा मेलम्चीको पानी आउनासाथ काठमाडौंमा वितरण थालिने।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९
National life
Shivam cement

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले २५ मंसिरबाट उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने भएको छ। आइतबार राती १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरिएकाले २५ मंसिरसम्म सुन्दरीजलमा पानी पुग्नेछ। 

सुन्दरीजलमा मेलम्चीको पानी आउनासाथ काठमाडौंमा वितरण थालिने आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। 

करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण सुरु गरिएको थियो। २६ किमि सुरुङमा पानी झार्ने काम सम्पन्न भएपछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको छ। यस पटक कम्तीमा ६ महिना काठमाडौंमा मेलम्चीको पानी उपलब्ध हुने अवस्था देखिएको प्रमुख श्रेष्ठको भनाइ छ।

प्रकाशित: Nov 28, 2022| 11:29 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्