शनिबार, मंसिर २३, २०८०

२०७४ को चुनाव जितेका कांग्रेस नेता: कोही मतान्तर बढाउँदै, कोही 'रेड जोन'मा

२०७४ मा वाम गठबन्धन भएका बेला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कांग्रेसका २३ नेतामध्ये ४ जना २०७९ को चुनावमा दोहोरिएनन्। अहिलेको चुनावी मैदानमा रहेका कांग्रेस नेतामध्ये केहीले जित हासिल गरिसकेका छन् भने केही मत परिणाममा पछि परेका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– २०७४ को आमचुनाव नेपाली कांग्रेसका लागि सबैभन्दा खराब रह्यो। वाम गठबन्धनका कारण कांग्रेसको अवस्था खराब बनेको थियो। तर वाम गठबन्धन भएको अवस्थामा पनि कांग्रेसका २३ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यी २३ मध्ये ४ जना मात्र २०७९ को चुनावमा दोहोरिएनन्। 

sagarmatha cement

कांग्रेसले मोरङ २ बाट २०७४ मा निर्वाचित डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बनाएन। मीनेन्द्रको स्थानमा नेतृ सुजाता कोइरालालाई उम्मेदवार बनायो। त्यस्तै, सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई पनि कांग्रेसले उम्मेदवार बनाएन। सिंहले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसबाट निष्कासित भइसकेका छन्। यो क्षेत्रमा कांग्रेसले गठबन्धनका तर्फबाट नगेन्द्र रायलाई उम्मेदवार बनायो।

रौतहट २ बाट विजयी मोहम्मद आफताव आलम फौजदारी अभियोगमा जेलमा हुँदा उनका छोरा फिरदोष अलामलाई उम्मेदवार बनायो। २०७४ मा सिरहा १ बाट विजयी प्रदीप गिरिको निधन भएका कारण सो क्षेत्रमा पुराना नेता पदमनारायण चौधरीलाई उम्मेदवार बनाएको छ। 

२०७४ मा निर्वाचित 
२०७४ मा मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, मोहम्मद आफताव आलम र प्रदीप गिरिका अतिरिक्त कांठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगन थापा, काठमाडौं ६ बाट भीमसेनदास प्रधान, काठमाडौं १० बाट राजन केसी, रसुवाबाट मोहन आचार्य, सप्तरी ४ बाट तेजुलाल चौधरी, डडेलधुराबाट शेरबहादुर देउवा, सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव जितेका थिए।

त्यस्तै, रौतहट ४ बाट देवप्रसाद तिमिल्सेना, उदयपुर १ बाट ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ३ बाट विजय गच्छदार, सुनसरी २ बाट सीताराम मेहता, बारा १ बाट उमाकान्त चौधरी, नवलपुर १ बाट डा शशांक कोइराला, बर्दिया १ बाट सञ्जय गौतम, नवलपरासी २ बाट देवेन्द्रराज कँडेल, कपिलवस्तु ३ बाट अभिषेकप्रसाद साह, रुपन्देही ५ बाट भरत शाह र रुपन्देही ४ बाट प्रमोद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।  

Metro Mart
worldlink

२०७४ र २०७९ दुवैमा विजयी 

२०७४ र २०७९ को दुवै निर्वाचनमा जित निकाल्ने कांग्रेस नेताहरुमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापा, राजन केसी, मोहन आचार्य रहेका छन्। 

देउवा डडेल्धुराबाट २५ हजार ५३४ मतका साथ निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाए। एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे। उनले ७ हजार ५३५ मत पाए। 

काठमाडौं १ बाट प्रकाशमान सिंहले पनि आफ्नो जित कायमै राखे। उनी ७ हजार १४० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत पाए। सिंहले यस पटक १२९ मतले जित निकाले। सिंहले २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए। अघिल्लो पटक विवेकशील साझाबाट उम्मेदवार बनेका मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए। यस पटक राप्रपा प्रवेश गरेर उम्मेदवार बनेका मिश्र १२९ मतले पराजित भए। 

लगातार जित निकाल्ने कांग्रेस नेतामा महामन्त्री गगन थापा पनि पर्छन्। थापा ७ हजार ४५७ मतान्तरसहित निर्वाचित भए। थापाले २१ हजार २९४ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाए। थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरे। थापाले २०७४ को चुनावमा एमालेका भट्टराईलाई ३ हजार २०० मतान्तरले पराजित गरेका थिए। 

काठमाडौं १० बाट राजन केसी यस पटक पनि जित निकाल्ने नेतामा परेका छन्। लगातार दुई निर्वाचनमा विजयी केसी यस पटक १४ हजार ४५८ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८६ मत पाए। 

हिमाली जिल्ला रसुवाबाट मोहन आचार्य पनि २०७४ र यस पटक जित निकाल्ने नेतामा परेका छन्। आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी छेवाङ तामाङले ८ हजार ६१४ मत ल्याए।

यस्तै, २०७४ मा निर्वाचन जितेका नेता डा. शशांक कोइरालाले पनि यसपल्ट जित निकालेका छन्। नवलपरासी पूर्व १ बाट डा. कोइरालाले २७ हजार ६७ मतसहित जित निकालेका छन्। कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे। पौडेलले २५ हजार ४७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

२०७४ मा जित, अहिले पराजित 
२०७४ को चुनाव जितेकामध्ये केहीले २०७९ को चुनावमा पराजय भोग्नुपरेको छ भने मतगणना भइरहेका क्षेत्रका केही नेताहरु ‘रेड’ जोनमा रहेका छन्। पराजय भोग्ने नेताहरुमा काठमाडौं क्षेत्र ६ बाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीमसेनदास प्रधान रहेका छन्। उनी यस पटक पराजित मात्र भएनन्, तेस्रो स्थानमा पुगे। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले जित हात परे। शिशिर १४ हजार २०४ मतसहित विजयी हुँदा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत पाए। प्रधान ८ हजार ८०५ मत ल्याएर तेस्रो स्थानमा पुगे। 

२०७४ मा निर्वाचित कांग्रेस सांसदमध्ये पराजित हुने अर्का नेता रुपन्देही ५ का भरत शाह हुन्। उनी एमालेका वासुदेव घिमिरेसँग पराजित भएका छन्। शाह ९ हजार ७०२ मतले पराजित भए। घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

रुपन्देही ४ बाट २०७४ मा निर्वाचित प्रमोद यादवले पनि यस पटक हार बेहोर्नुपरेको छ। उनी लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका हुन्। शुक्लाले २८ हजार मत ल्याए भने यादवले २२ हजार ७०४ मत ल्याए। यादवले २०७४ मा यस क्षेत्रबाट शुक्लालाई पराजित गरेका थिए।

२०७४ मा जित, अहिले ‘रेड जोन’ मा
२०७४ मा चुनाव जितेका केही कांग्रेस नेताहरुको निर्वाचन क्षेत्रको मत गणना जारी  छ। मत गणना जारी रहेका क्षेत्रमा २०७४ मा कांग्रेसले जित निकालेका केही क्षेत्र ‘रेड जोन’ मा रहेका छन्। २०७४ मा जित निकालेको रौतहट २ मा कांग्रेस ‘रेड जोन’ मा परेको छ। २०७४ मा यो क्षेत्रमा कांग्रेसका मोहम्मद अफताव आलमले जितेका थिए। तर उनी फौजदारी मुद्दा लागेका कारण जेलमा रहेकाले कांग्रेसले उनका छोरा फिरदोष आलमलाई उम्मेदवार बनाएको थियो। यो क्षेत्रमा फिरदोष स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग झन्डै ३ हजार मतले पछाडि छन्। 

त्यस्तै, २०७४ मा प्रदीप गिरिले जितेको सिरहा १ मा पनि कांग्रेस ‘रेड जोन’ मा छ। गिरिको निधनपछि कांग्रेसले पुराना नेता पदमनारायण चौधरीलाई उम्मेदवार बनाएका थियो। उनी एमाले उम्मेदवार रामशंकर यादवसँग झन्डै ३ हजार मतले पछाडि छन्। २०७४ मा जित निकालेको मोरङ २ मा पनि कांग्रेस ‘रेड जोन’ मा छ। यो क्षेत्रमा कांग्रेस उम्मेदवार सुजाता कोइरालालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पछाडि पारेका छन्। कोइराला झन्डै १ हजार मतान्तरले पछाडि छन्। 

२०७४ मा जित निकालेको सुनसरी २ र सुनसरी ३ मा पनि कांग्रेस ‘रेड जोन’ मा परेको छ। सुनसरी २ मा २०७४ मा जित निकालेका सीताराम मेहतालाई कांग्रेसले उम्मेदवार बनाएको थियो। यो क्षेत्रमा मेहता तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा पहिलो नम्बरमा छन् भने दोस्रोमा एमालेका भीम आचार्य छन्। झन्डै साढे २ हजार मतान्तरले मेहता पछाडि छन्।

gachhadarत्यस्तै, सुनसरी ३ मा पनि कांग्रेस नेता गच्छादार तेस्रो नम्बरमा छन्। यो क्षेत्रमा पनि पहिलोमा  एमालेकी भगवती चौधरी रहेकी छन् भने दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। गच्छदार झन्डै साढे ३ हजार मतान्तरले पछाडि छन्। २०७४ मा जितेको नवलपरासी २ मा पनि कांग्रेस ‘रेड जोन’ मा परेको छ। यो क्षेत्रमा कांग्रेसले २०७४ का विजेता देवेन्द्रराज कँडेललाई उम्मेदवार बनाएको थियो। तर कँडेललाई राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधानले पछाडि पारेका छन्। कँडेल ९ हजार बढी मतान्तरले पछाडि छन्। 

कांग्रेसले २०७४ मा कपिलवस्तु ३ मा पनि जित निकालेको थियो। तर यस पटक यो क्षेत्रमा कांग्रेस ‘रेड जोन’ मा परेको छ। यो क्षेत्रमा अघिल्लो पटकका विजेता अभिषेकप्रताप शाहलाई एमालेका मंगल गुप्ताले पछाडि पारेका छन्। शाह १ हजार बढी मतान्तरले पछाडि छन्।

बारा १ मा पनि कांग्रेस ‘रेड जोन’ मा परेको छ। यो क्षेत्रमा २०७४ का विजेता उमाकान्त चौधरीलाई एमाले उम्मेदवार अच्युत मैनालीले पछाडि पारेका छन्। चौधरीलाई झन्डै साढे ५ हजार मतान्तरले मैनालीले पछि पारेका छन्। 

अग्रता लिइरहेका २०७४ का विजेता 
कांग्रेसबाट २०७४ मा जित निकालेका तेजुलाल चौधरी, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, सञ्जय गौतम र कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेश सिंहले अग्रता लिइरहेका छन्। खड्का, कार्की र सिंह झिनो मतले अगाडि छन्। चौधरी र गौतम ४ हजार बढी मतान्तरले अगाडि छन्। 

प्रकाशित: Nov 24, 2022| 17:43 बिहीबार, मंसिर ८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...