शुक्रबार, जेठ २९, २०८३

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ।

National life

पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरी सेवा सञ्चालन गरे। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुखकर्जा अधिकृत राजेश भण्डारीलगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित: Nov 22, 2022| 13:01 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्