शुक्रबार, जेठ २९, २०८३

राकुटेन भाइबरको उत्सव च्यानल

राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीका लागि गोल नामक च्यानल र नेपाली फुटबुलप्रेमीका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीका लागि गोल नामक च्यानल र नेपाली फुटबुलप्रेमीका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ।

फुटबल उत्सव च्यानल, नेपाली फुटबलप्रेमी प्रति समर्पित च्यानल हो। प्रयोगकर्ताले खेलकुद गुण संगाली बनाइएको सुविधात्मक च्याटबट, एआर लेन्स र विल्कुलै नयाँ स्टिकर प्याक र भिजुअलमा गेमको चहलपहलको आन्नद लिन पाउँने पनि विज्ञप्तिमा उल्लेख छ।

स्थानीय रूपमा भाइबरले हाइसेन्स ब्राण्डका आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटससँग साझेदारी गरेको छ। हाइसेन्स ब्राण्ड बिश्व स्तरमा घरेलु तथा विद्युतीय उपकरणहरू निर्माण गर्ने ख्याती प्राप्त कम्पनी हो। यस साझेदारी अनुसार ५ भाग्यशाली प्रयोगकर्ताले सहि अनुमान गरेमा भाइबरको तर्फबाट नोभेम्बर २० देखि– डिसेम्बर १८ सम्म हाइसेन्सको ३२ वा ४३ इन्चको टिभी सेट जित्न सक्ने पनि उल्लेख छ।


प्रकाशित: Nov 22, 2022| 12:59 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्