बिहीबार, वैशाख २०, २०८१

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
 |  मंगलबार, साउन २६, २०७८

संकेत कोइराला

संकेत कोइराला

मंगलबार, साउन २६, २०७८

एउटा चील र परेवाको घनिष्ठ मित्रता थियो। परेवा ज्यादै वृद्ध थियो भने चील जवान। बूढो मित्र परेवालाई चीलले नै चारो खोजेर ल्याइदिन्थ्यो। दुवै एउटै रूखको डालीमा बस्थे। एक दिन चील चारो खोज्न गएका बेला यमराजका दूत त्यही बाटो हुँदै कतै जान त्यहाँ आइपुगे। उनीहरु बूढो परेवातिर हेर्दै हाँसेर बाटो लागे। यो दृश्यले बूूढो परेवाको मनमा चिसो पस्यो।

triton college

एकछिनपछि चारो बोकेर आएको चीलले आफ्नो परम मित्र परेवा झोक्राएर बसेको देखेर कारण सोध्यो। परेवाले निरास हुँदै भन्यो– ‘अब मेरो मर्ने दिन आए जस्तो छ। उमेरले नेटो पनि काटिसक्यो। मलाई हेरेर यमदूत हाँस्दै हिँडेको आज मेरै आँखाले देखें। सायद तिनीहरु अब मलाई लिन आउँछन्।’ मित्रलाई ढाडस दिँदै  चीलले भन्यो– ‘यहाँदेखि एक हजार योजन पर एउटा पहाड छ। त्यो पहाडमा एउटा गुफा छ। म तपाईंलाई आफ्नो पिठ्यूँमा बोकेर त्यो पहाडको गुफामा लुकाउँछु। चिन्ता नगर्नुस्, अनि यमराजलाई भेटेर यमदूत हाँस्नुको कारण पनि पत्ता लगाउँछु।’ चीलले परेवालाई भनेकै ठाउँमा लगेर लुकायो। अनि सीधै यमराजसँग गएर दूतहरु हाँस्नुको कारण सोध्यो। 

यमराजले तत्काल दूतहरुलाई बोलाएर परेवा हेरेर हाँस्नुको औचित्य पुष्टि गर्न आग्रह गर्दा उनीहरुको उत्तर थियो– ‘महाराज, बूढो परेवा जहाँ थियो, त्यहाँबाट एक हजार योजन पर पहाडको गुफामा बस्ने बूढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताको लेखन रहेछ। दुवै बूढा भएकाले न परेवा त्यहाँ जान सक्छ, न स्याल धाउन नै। अब विधाताले लेखेको कसरी पूरा होला भनेर हामी हाँसेका थियौं तर पूरा हुँदो रहेछ। आफ्नै साथी चीलले त्यो काम फत्ते गरिदियो।’ दूतका कुरा सुनेर चील छक्क पर्‍यो। उसको मित्र परेवालाई पहाडको गुफामा बस्ने बूढो स्यालले आफ्नो आहारा बनाइसकेको थियो। 

एमसीसी र बीआरआई नामका दुई भाइरसले नेपालका कम्युनिस्टहरुको राजनीतिक जागिरमा यसरी हमला गरेका छन कि यसले थाल खाऊँ कि भात खाऊँ जस्तो भएको छ।

यतिबेला सत्ताको तारिख धाउनु नपर्ने अवस्थामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्ना पार्टीका अनुचरलाई यो कथा सुनाउँदा हुन्। एमसीसी र बीआरआई नामका दुई भाइरसले नेपालका कम्युनिस्टहरुको राजनीतिक जागिरमा यसरी हमला गरेका छन कि यसले थाल खाऊँ कि भात खाऊँ जस्तो भएको छ। यो नियति ल्याउन पार्टीमा रहेका विभिन्न ध्रुबका एजेन्ट काफी छन्। नेपाल मात्र विश्वको यस्तो देश हो, जहाँ बाउविरुद्ध कुरा ओसार्ने कपुत एजेन्ट पाइन्छ। यहाँ अलकायदा, बोकोहरामदेखि रत्नपार्कको मुकुन्देलाई खुसी पार्ने हुलाकीसमेत छन्। लक्ष्मण खड्का, मुकुन्देहरु त सिसाको गिलासमा सोमरस खाने इमानदार जँड्याहा हुन्। स्टिलको गिलासमा पानी खाएको नाटक गरेर ब्लु लेबल रित्याउने नेपाली जनताका भाग्य निर्माताको कथा हजार जिब्रो भएको शेष नागले पनि लेख्न सक्दैन।   

तीन करोड जनसंख्या, एउटा रात्रिबसले एकरातमा पूरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन सयौं संख्यामा केन्द्रीय कमिटी, अढाई लाख सरकारी फौज, सत्तरी हजार कर्मचारी, हजारौं जनप्रतिनिधि, सिंहदरबारदेखि ब्रह्मनालसम्म लाखौं झण्डे अखडामा लाखौं मानिसको संलग्नता छ। जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सवैलाई राजनीतिक दलको दास बनाइएको छ। हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो। देशका हरेक तहतप्काका मानिसमा व्यस्तता छ। ६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ। मन्त्रालयका सचिवहरु बिहानदेखि बेलुकासम्म विभागीय प्रमुखहरुको भेला गरेर गाँठो फुकाउन व्यस्त छन्। बैठकले नपुुगेर कागजसँग सम्झौता हुने नाटक समेत देखिए। 

corrent noodles
Metro Mart

एउटा मन्त्रालयका मुखिया अर्को मन्त्रालयका मुखियाको फाइल अड्काउने दिन कुरेर बसेका छन्। पर्यटन मन्त्रालय विमानस्थल विस्तार गर्ने भन्छ, वन मन्त्रालय ‘मेरो जंगल छुनै दिन्न हेरौं कहाँ बनाउँदो रहिछस्?’ भन्दै दारा किट्छ। अर्थ मन्त्रालय बजेट महाशाखाका उपसचिव अरु मन्त्रालयका सचिवलाई बिन्तीपत्र बनाउन पाउँदा दंगदास देखिन्छन्। राजस्वअन्तर्गतका कर्मचारीले दसैंमा बाआमाबाट हुलाकमा काम गर्ने अर्को सन्तानभन्दा अझ गहकिलो आशिष थाप्छन्। देशभरिका बन्दुकेको हाकिम हुन पाइने गृहमन्त्री र गृहसचिवका लागि हुने मल्लयुद्धको चर्चा गरेरै साध्य लाग्दैन। मन्त्रालयका सचिवको दिनचर्याको किस्सै अलग। हिमालमा यत्ति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नुभयो भने त्यस दिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ। आफू अनुकूलका काममा मन्त्री सन्काउने बाहेक अरु कर्म तिनीहरुको भाग्यमै लेखिएन। पाँच वर्षको करार जागिर मुलुकभन्दा पनि आफ्नो रोडम्याप बनाउन खर्च हुने गरेको छ। युवराज खतिवडा, उमेश श्रेष्ठ, विनोद चौधरी, नवराज सिलवाल, कोमल ओली सांसद हुन सक्छन् भने त्यो भन्दा बढी लेबी बुझाएकाले खोज्ने हैसियत त्यहीअनुसारको हुने नै भो। फौजका प्रमुखहरु बैठकमा रातदिन शान्तिसुरक्षा पेचिलो बनाउन लागेकै छन्। दलका माथिदेखि गाउँ एकाइसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्युँझिने एकछिन फुर्सद छैन। केन्द्रमा यसखाले पानी परेपछि त क्षेत्र, जिल्लाले त सक्कल बम्मोजिम नक्कलअनुसारको छाता ओढ्न परिहाल्यो। 

सञ्चार क्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नु परेन, युधिष्ठिरलाई जस्तै इच्छामरणको उपहार समाचार शिल्पीहरुबाट प्राप्त हुनेछ। कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरुमा पनि माटोसँगको उभार यसरी आयो कि उनीहरु पनि भूमिका खोज्न तल्लीन छन्। दर्जनौं पूर्व भीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन्। 

पहिलापहिला मानिसहरु पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे। बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो। अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ। मान्छे जब मान्छे चराउन पल्किन्छ, ऊभित्र अरु भाव हराउँछ।

सडकमा हेर्नुस्– एम्बुलेन्स जत्तिक्कै शववाहनलाई हतार छ। राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलगअलग बाटो खोज्ने प्रतिस्पर्धा छ। कसैलाई झुन्ड्याउन ठिक पार्नुस्, छिचोली नसक्नु मानिसको भीड लाग्छ। फूलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्विन्टलको माला धारण नगर्ने यो देशमा कुन ठूलो मान्छे होला? शेरबहादुर सरकारका सदस्य खादा माला लाउने कामबाट अझै विश्राम पाएका छैनन्। कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अबिर लगाएरै सकिन्छ। नेपालमा पहिलापहिला मानिसहरु पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे। बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो। अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ। मान्छे जब मान्छे चराउन पल्किन्छ, ऊभित्र अरु भाव हराउँछ। एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन। यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन आफ्नै वंशसँग डराउँछ। अरबी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ। भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे। 

शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरे पनि कलियुगमा भने पेसा जुनसुकै होस् न, ठगी किस्मतको सूचीमा बढुवा भएको छ।  सम्भवतः यही प्रवृत्ति सलहझैं बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्कोसमेत बाहिरबाट भित्र्याउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ। जनै, नेपाली मात्ने छ्याङसमेत रेडिमेड पोकामा आउन थालेका छन्।  महात्मा गान्धी, नेल्सन मन्डेला, देड सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुँदा हामी समयको कुन साइत कुर्दैछौं? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे! समयले देश बनाउने होइन। मानिसले सुकर्मको रङ छर्‍यो  भने समय आफैं इन्द्रेणी बनेर उपस्थित हुने हो। हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो। ईश्वरको संरचनामा कतै खोट छैन।  मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस्, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन्। गीता, बाईबल, चर्च अनुवाद गर्नुस्, अक्षरका पाँच गेडा पाउनु हुनेछ।

sanketkoirala07@gmail.com

प्रकाशित: Aug 10, 2021| 08:35 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...