सोमबार, वैशाख २९, २०८२

प्रदूषणको असर कम गर्न सेवन गरौं यस्ता चिज

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

vianetvianet

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको छ।

triton college

प्रदूषणमा फैलिएको विषाक्त ग्यासले श्वासका माध्यमबाट मानव शरीरमा थुप्रै नकारात्मक गम्भीर असर पुर्‍याइरहेको छ। विषाक्त ग्यासले मुटुका साथै शरीरका अन्य भागमा असर गर्ने गर्छ। यस्तो अवस्थामा प्रदूषणबाट जोगिनका लागि मास्कको प्रयोग गर्नुपर्छ। यसका साथै आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्छ।

हामीले यस्तो बेलामा बेसारको सेवन गर्नु राम्रो मानिन्छ। यसमा औषधीय गुण हुन्छ। जो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। बेसारमा करक्यूमिन पाइन्छ। जो वायु प्रदूषणको गम्भीर समस्यालाई रोक्न सहयोगी हुनसक्छ। प्रदूषणका कारण फोक्सोमा संक्रमण हुनसक्छ। त्यसबाट जोगिनका लागि मानिसले नियमित आफ्नो खानामा बेसारको प्रयोग गर्नुपर्छ।

पात भएको हरियो साग पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। सागमा एन्टीअक्सिडेन्ट पाइन्छ। यसले इन्फ्लेमेशनलाई नियन्त्रण गर्न सहयोग गर्छ। पालक, मेथी, लट्टे आदिको सागमा भिटा क्यारोटिन पाइन्छ। जसले शरीरमा भिटामिन एको कमी पनि पुरा गर्छ।

शरीरमा वायु प्रदूषणको असर कम गर्नका लागि डाइटमा मेथीको बिउँ, सरसौंको बिउँ, बदाम-काजु, ओखर आदिको सेवन गर्नुपर्छ। यसमा पाइने तत्त्वले मुटुलाई स्वस्थ राख्न भूमिका खेल्छ। जसले वायु प्रदूषणबाट हुने मुटुको असरलाई जोगाउँछ।

National life insurance

अमलाको सेवनले पनि प्रदूषणबाट हुने असरबाट बचाउँछ। वायु प्रदूषणका कारण शरीरका कोशिकामा असर पुग्छ। त्यो असरलाई रोक्न अमलाको सेवनले सहयोग पुग्छ। - अमर उजालाबाट

प्रकाशित: Nov 18, 2022| 07:40 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्