शुक्रबार, वैशाख ७, २०८१

रामेछापमा बलिया कान्छारामविरुद्ध अविराम ढुंगेल

गणित र अन्य फ्याक्टर हेर्दा रामेछापमा यसपटक ढुंगेललाई भन्दा सहज कान्छारामलाई देखिन्छ। स्थानीय तहको मत परिणामलाई आधार मान्दा र माओवादीको पनि साथ पाउँदा कान्छारामका लागि चुनावी मैदान सहज देखिएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- एउटामात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटक द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार बन्दा नेकपा एमालेले कैलाश ढुंगेललाई मैदानमा उतारेको छ।  

triton college

गणित र अन्य फ्याक्टर हेर्दा रामेछापमा यसपटक ढुंगेललाई भन्दा सहज कान्छारामलाई देखिन्छ। स्थानीय तहको मत परिणामलाई आधार मान्दा र माओवादीको पनि साथ पाउँदा कान्छारामका लागि चुनावी मैदान सहज देखिएको छ। स्थानीय तहको निर्वाचनमा रामेछापमा दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए। एकल प्रतिस्पर्धामा उत्रिँदा पनि कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको थियो। कांग्रेसले तीन पालिका जित्दा एमालेले पनि तीन वटै पालिकामा जित निकालेको थियो। 

तर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भने सत्ता गठबन्धनका दलहरुबीच तालमेल भएको छ, जसको फाइदा कान्छारामलाई हुनेछ। कांग्रेसले प्रतिनिधिसभा लिएर दुवै प्रदेशसभाका सिट माओवादीलाई छाडेको छ, जसका कारण गठबन्धनमा घात हुने सम्भावना कम देखिन्छ। कांग्रेसका जिल्लास्तरका नेताहरुको दाबी मान्ने हो भने रामेछापमा गठबन्धनको जित निश्चित बनिसकेको छ। 'प्रतिस्पर्धा भन्दा पनि औपचारिकताका लागि मात्र समय कुर्नुपरेको छ,' कांग्रेसका नेता रत्नहरि ढुंगेल भन्छन्। 

गणित र अन्य फ्याक्टर हेर्दा रामेछापमा यसपटक ढुंगेललाई भन्दा सहज कान्छारामलाई देखिन्छ। स्थानीय तहको मत परिणामलाई आधार मान्दा र माओवादीको पनि साथ पाउँदा कान्छारामका लागि चुनावी मैदान सहज देखिएको छ।

२०७४ सालको निर्वाचनमा भने कांग्रेसले देशका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीसँग एकल प्रतिस्पर्धा गरेको थियो। निर्वाचित भएका थिए- माओवादीका श्यामकुमार श्रेष्ठ। उनी ६ हजार ३४६ मतान्तरले विजयी भएका थिए। श्रेष्ठसँग पराजित हुने प्रत्यासी उनै कान्छाराम थिए। श्रेष्ठले ४२ हजार ११७ मत ल्याउँदा पराजित कान्छारामले ३५  हजार ७७१ मत ल्याएका थिए। रामेछाप माओवादीको धेरै राम्रो प्रभाव भएको क्षेत्र हो। माओवादीको समेत साथ पाएका कारण कान्छारामलाई चुनाव जित्न सहज देखिएको हो। 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले ४१ हजार ५१ मत प्राप्त गरेको थियो। दोस्रो शक्ति बनेको एमालेले ३९ हजार ३३ मत ल्याउँदा माओवादीले २७ हजार ३९ मत ल्याएको थियो। यस्तै नेकपा एसले १ हजार ५७० र राप्रपाले ९३५ मत प्राप्त गरेका थिए। स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने रामेछापमा कान्छाराम ३० हजार ६२७ मतले अघि देखिन्छन्। रामेछापमा गठबन्धनको मत ६९ हजार ६६० हो। अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा पनि कान्छाराम ६ हजार तीन सय मतान्तरले पराजित भएका थिए। यसपटक कांग्रेस र माओवादी नै एकै ठाउँमा उभिएकाले एमालेलाई चुनाव जित्न चमत्कार नै गर्नुपर्ने देखिन्छ। 

corrent noodles
Metro Mart

कान्छाराम र ढुंगेलको छवि 
कान्छारामले रामेछापमा समाजसेवीको छवि बनाएका छन्। सामाजिक काममा सक्रिय रहँदै आएका उनी लोकप्रिय मानिन्छन्। परोपकारी छविका कारण उनलाई विपक्षी पार्टीका कार्यकर्ताले समेत रुचाउने गरेका छन्। उनले एम्बुलेन्स वितरण, विपन्नको उपचार खर्च व्यहोरिदिने, अप्ठ्यारोमा परेका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरिदिनुका साथै खेलकुद, कला-संस्कृति र पर्यटन क्षेत्रमा पनि काम गर्दै आएका छन्। 

कोरोना भाइरसका कारण देश आक्रान्त बन्दा रामेछापमा एउटा पनि आइसियु बेड थिएन। कान्छारामले दुईवटा बेड किनेर आइसियु चलाउन लगाएका थिए। रामेछापबासीका लागि कोभिड उपचार नि:शुल्क गराउने र एम्बुलेन्स पनि नि:शुल्क उपलब्ध गराएको कान्छारामको दाबी छ। 'म पदमा हुँदा पनि नहुँदा पनि रामेछापबासीको लागि निरन्तर काममा खटिएको छु। यो नै मेरो जितको सबैभन्दा ठूलो आधार हो,' उनले भने, 'रेल ल्याइदिन्छु, पानीजहाज ल्याइदिन्छु भनेर फटाहा राजनीति गर्दिनँ। सक्ने र दिन सक्ने काम गर्ने प्रतिवद्धता गर्छु । सक्ने काम रामेछापमा गर्छु। विकास र निर्माणको काम गर्छु। यो दिन्छु त्यो दिन्छु भन्दिनँ। म ठूला सपना देखाउँदिनँ। तर गर्न सक्नेमात्रै भनेर पूरा गर्छु।' 

कान्छारामले रामेछापमा समाजसेवीको छवि बनाएका छन्। सामाजिक काममा सक्रिय रहँदै आएका उनी लोकप्रिय मानिन्छन्। परोपकारी छविका कारण उनलाई विपक्षी पार्टीका कार्यकर्ताले समेत रुचाउने गरेका छन्। 

आफूले जितेपछि जनताले सन्तोष महसुस हुने गरी काम गर्ने उनको भनाइ छ। 'विकास, निर्माण, शिक्षा र स्वास्थ्यका लागि धेरै काम गर्नुपर्छ भनेर लागेको मान्छे हुँ। हामीले धेरै काम गरेका छौं। अझै धेरै काम गर्ने सूची हामीसँग छ। एम्बुलेन्स, स्वास्थ्यचौकी कहाँ आवश्यक छ, त्यहाँ हामीले आवश्यक प्रबन्ध गरेका छौं। नपुगेका ठाउँमा गर्छौं। जनताले महसुस हुने गरी हामी नतिजा दिन सक्षम छौं। हामीले जितेपछि नागरिकले हाम्रो काम देखेपछि सन्तोष महसुस गर्नुहुन्छ,’ उनी भन्छन्। 

कान्छारामका प्रतिस्पर्धी ढुंगेलले २०४८ सालदेखि चुनाव उठ्ने प्रयत्न गरेका थिए। तर एमालेले जनमोर्चालाई समर्थन गरेको थियो। त्यसकारण उनले टिकट पाउन सकेनन्। २०५१, २०६४ र २०७० मा भने टिकट पाए पनि प्रतिनिधिसभामा ढुंगेल पराजित भएका थिए। २०७४ को चुनावमा ढुंगेलले प्रदेशसभातर्फ टिकट पाएर जितेका थिए। उनी बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बने। मन्त्री हुँदा भने रामेछापमा उनले राम्रो प्रभाव बनाएको बताइन्छ।

ढुंगेल एमालेको जिल्ला अध्यक्ष, जिविस सभापति हुँदै अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन्। ढुंगेल विकास, समृद्धि र लोकतन्त्र रक्षाको लागि आफ्नो जित आवश्यक रहेको तर्क गर्छन्। सत्ता गठबन्धनमा टाउको मात्रै मिलेको दाबी गर्ने ढुंगेल आफ्नो जित पक्का रहेको बताउँछन्। 'सत्ता गठबन्धनको टाउको-टाउको मात्र मिलेको हो। तलको कुनै भाग मिलेको छैन। तल्लो तहका जनता मेरो पक्षमा छन्,' उनी भन्छन्, 'नागरिकले पनि विकास, समृद्धि लोकतन्त्र र परिवर्तन खोजेका छन् भने मैले जित्ने हो। सिद्धान्तहीन, लोकतन्त्रविहीनले जित्ने हो भने अरुले जित्ने हो।'

प्रकाशित: Nov 15, 2022| 12:51 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...